Listen LIVE

प्रयागराज, भारत। हिन्दू धर्मको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भ ४५ दिनसम्म भव्य रुपमा सम्पन्न भएको छ। महाशिवरात्रिको अमृत स्नानसँगै प्रयागराजमा आयोजित यस महाकुम्भ मेलाको समापन भएको हो।

Advertisement 1

प्रयागराजको संगम किनारमा भागदौड: १४ को मृत्यु, ५० भन्दा बढी घाइते

भारतको कुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना

Advertisement 2

प्रयागराजमा भीषण दुर्घटना: १० जनाको मृत्यु, १९ घाइते

प्रयागराजमा भीषण दुर्घटना: १० जनाको मृत्यु, १९ घाइते

Advertisement 3

महाकुम्भ मेलामा नेपालगञ्जको जमुनाहा नाकाबाट हजारौं तिर्थयात्रीको सहभागिता

महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगमस्थलमा आयोजित यस महाकुम्भ मेलामा विश्वभरिबाट आएका ६४ करोडभन्दा बढी श्रद्धालुले पवित्र स्नान गरेका छन्। यस मेलालाई हिन्दू धर्म, संस्कृति, अध्यात्म र आस्थाको अनुपम प्रतीक मानिन्छ।

महाकुम्भ मेलामा भारत तथा नेपाल लगायतका देशहरूबाट लाखौँ साधुसन्त, नागा साधु, विदेशी नागरिक तथा प्रसिद्ध व्यक्तित्वको उपस्थितिले मेलालाई थप आकर्षक बनाएको थियो। भारतीय तथा अन्तर्राष्ट्रिय समाचारमाध्यमको ध्यान समेत यस मेलाले खिचेको थियो।

महाकुम्भ व्यवस्थापनका लागि उत्तर प्रदेश सरकारले नदी किनारमा ४ हजार हेक्टर खुला भूमिमा डेढ लाख टेन्ट स्थापना गरी अस्थायी शहर निर्माण गरेको थियो। मेलाको सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो।

 

४५ दिनसम्म चलेको महाकुम्भ मेलामा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रि गरी ६ वटा विशेष अमृत स्नान सम्पन्न भएका थिए। हिन्दू धर्मअनुसार, त्रिवेणी संगममा स्नान गर्दा पापमोचन भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।

यति विशाल जनसागर व्यवस्थापन गर्न सरकारलाई चुनौतीपूर्ण रह्यो। जनवरी २९ मा मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए। त्यस्तै, फेब्रुअरी १५ मा प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १८ जनाले ज्यान गुमाएका थिए।

जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेला फेब्रुअरी २६ मा सम्पन्न भएको हो। धार्मिक आस्था, अध्यात्म र संस्कृतिको संगम मानिने यस ऐतिहासिक मेलाले सम्पूर्ण श्रद्धालुहरूमा नयाँ ऊर्जा तथा धार्मिक चेतना थप्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!