Listen LIVE

नेपालगन्ज :भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।

Advertisement 1

 

प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटना भएको हो। दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।

Advertisement 2

दुर्घटनामा मनोहर ठाकुर कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एक जना घाइते भएका छन्। घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ।

Advertisement 3

दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते एकै परिवारका रहेका छन्। उनीहरू कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन्। घाइतेलाई उपचारका लागि एसकेएमसीएचमा पठाइएको छ। तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिपले पाँच बल्ड्याङ खाएको थियो।

दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते सबै जना जनकपुरका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!