भारत–नेपाल सीमाबाट १.५९२ किलो चरससहित जाजरकोटका पुरुष पक्राउ

रुपैहिडा, वहराइच । भारत–नेपाल सीमा नजिक रूपईडीहामा भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले चरससहित एक नेपाली तस्करलाई पक्राउ गरेको छ।

 

सोमबार राति सीमा क्षेत्रमा गस्तीमा रहेका रूपईडीहा थानाका प्रहरी निरीक्षक रमेश सिंह रावतको टोली र एसएसबीका अधिकारीहरूको संयुक्त चेकिङका क्रममा बॉर्डर पिलर संख्या 651/01 नजिक एक व्यक्ति शंकास्पद अवस्थामा फेला परेका थिए। तलासी गर्दा उनको साथबाट १.५९२ किलो चरस बरामद भएको भारतीय प्रहरीले जनाएको छ।

 

पक्राउ परेका व्यक्ति जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका–८ निवासी ५२ वर्षीय रणबहादुर सिंह रहेका छन्। उनीविरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको र मंगलबार माननीय अदालत सदर बहराइचमा पेश गरिएको पुलिसले जानकारी दिएको छ।

 

भारत–नेपाल सीमामा पछिल्लो समय लागूऔषध तस्करी बढ्दै गएपछि सुरक्षा निकायले चेकजाँच कडा गरेको छ।

error: Content is protected !!