Listen LIVE

रुपैहिडा, वहराइच । भारत–नेपाल सीमा नजिक रूपईडीहामा भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले चरससहित एक नेपाली तस्करलाई पक्राउ गरेको छ।

Advertisement 1

 

सोमबार राति सीमा क्षेत्रमा गस्तीमा रहेका रूपईडीहा थानाका प्रहरी निरीक्षक रमेश सिंह रावतको टोली र एसएसबीका अधिकारीहरूको संयुक्त चेकिङका क्रममा बॉर्डर पिलर संख्या 651/01 नजिक एक व्यक्ति शंकास्पद अवस्थामा फेला परेका थिए। तलासी गर्दा उनको साथबाट १.५९२ किलो चरस बरामद भएको भारतीय प्रहरीले जनाएको छ।

Advertisement 2

 

पक्राउ परेका व्यक्ति जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका–८ निवासी ५२ वर्षीय रणबहादुर सिंह रहेका छन्। उनीविरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको र मंगलबार माननीय अदालत सदर बहराइचमा पेश गरिएको पुलिसले जानकारी दिएको छ।

Advertisement 3

 

भारत–नेपाल सीमामा पछिल्लो समय लागूऔषध तस्करी बढ्दै गएपछि सुरक्षा निकायले चेकजाँच कडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!