नेपालगञ्ज पोष्ट, असार ३१ — इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
Advertisement 1
अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार खड्कालाई पक्राउ गरेको हो।
Advertisement 2
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खड्कालाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिइएको हो।
Advertisement 3
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।











