Listen LIVE

प्रयागराज : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला क्षेत्रमा सिलिन्डर विस्फोट हुँदा भिषण आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, एनडिटिभीले सिलिन्डर विस्फोटपछि मेला क्षेत्रमा आगलागी भएको उल्लेख गरेको छ।

Advertisement 1

 

शास्त्री ब्रिज नजिकको सेक्टर-१९ क्याम्पमा पालमा राखिएको सिलिन्डर पड्किएपछि आगलागी भएको हो। यस घटनामा १८–१९ वटा पाल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि दमकल विभागका धेरै गाडीहरू घटनास्थलमा खटाइएको भए पनि आगो अझै फैलिरहेको छ।

Advertisement 2

भिडियो हेर्नुहोस्

आगलागीको खबर प्राप्त भएलगत्तै स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले राहत तथा उद्धार कार्य शुरू गरेका छन्। अहिले सम्म आगलागीको कारणबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन।

Advertisement 3

 

महाकुम्भ जस्तो ठूलो धार्मिक मेलामा यस्ता घटना हुनु चिन्ताजनक छ। प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिएर थप क्षति रोक्न तत्काल कदम चालिरहेको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!