Listen LIVE

नेपालगञ्ज पोष्ट। नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘म्याथ सिक्ने भए…’ बोलको प्रमोसनल गीत विवादमा परेको छ। महिला शिक्षकप्रति अमर्यादित, द्विअर्थी र अपमानजनक शब्द तथा भाव प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासंघ ले गीत तत्काल हटाउन र चलचित्रमा समेत प्रयोग नगर्न माग गरेको हो।

Advertisement 1

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा द्वारा शुक्रबार जारी संयुक्त विज्ञप्तिमा उक्त गीतले शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।

Advertisement 2

 

विज्ञप्तिमा भनिएको छ, “महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौं।”

Advertisement 3

 

महासंघले गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माण पक्ष र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनीसमेत दिएको छ।

 

आगामी भदौ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक सामग्रीका रूपमा सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापा र बबिना किराँती को स्वर रहेको छ। गीतमा शब्द तथा संगीत दुर्गेश थापाकै रहेको छ भने भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड छन्।

 

गीत सार्वजनिक भएयता सामाजिक सञ्जालमा यसको शब्द, दृश्य र प्रस्तुतिलाई लिएर व्यापक बहस भइरहेको छ। धेरै प्रयोगकर्ताले शिक्षणजस्तो सम्मानित पेसालाई द्विअर्थी र अशोभनीय ढंगले प्रस्तुत गरिएको भन्दै आलोचना गरेका छन्। केहीले गीत र चलचित्र बहिष्कार गर्नुपर्ने तथा कानुनी कारबाहीसमेत हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

 

कला समीक्षक प्रकाश सायमी ले पनि सामाजिक सञ्जालमार्फत गीतको आलोचना गर्दै यसलाई कला नभई “रद्दी व्यवसायको भद्दा रूप” को संज्ञा दिएका छन्।

 

यद्यपि चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्की ले भने उक्त गीतलाई केवल मनोरञ्जनका रूपमा लिन आग्रह गर्दै यसको उद्देश्य कसैको भावना आहत बनाउने नभएको प्रतिक्रिया दिएकी छन्।

 

यस विषयमा सामाजिक सञ्जालमा फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। एकातर्फ शिक्षक तथा शिक्षण पेसाको सम्मानमा आँच पुगेको भन्दै गीतमाथि प्रतिबन्धको माग भइरहेको छ भने अर्कोतर्फ अभिव्यक्तिको स्वतन्त्रता र कलात्मक प्रस्तुतिबारे पनि बहस सुरु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!