Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : लोकदोहोरी संगीतप्रेमीहरूका लागि खुसीको खबर! चर्चित गायिका जमुना सनम र गायक राजु सुनमको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत “मुटु दुखाएर मार्यो” सार्वजनिक भएको छ। यो गीत जमुना सनमको आधिकारिक युट्युब च्यानलमार्फत हिजो मात्र सार्वजनिक गरिएको हो।

Advertisement 1

 

गीतको शब्द तथा संगीत स्वयं राजु सुनम ले तयार पारेका छन् भने, संगीत संयोजन (एरेन्ज) पनि राजु सुनम कै रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ बिनोद परियारले गरेका हुन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको सम्पूर्ण अडियो तथा भिडियो निर्माण जमुना सनम अफिसियल टिमले गरेको हो।

Advertisement 2

 

गीतको भिडियो सुनील विश्वकर्मा को निर्देशनमा तयार पारिएको छ। टेक जीएम सहायक निर्देशकको भूमिकामा रहेका छन्। भिडियोमा आशिष गजमेर, हिरा थापा मगर, अर्जुन पाण्डे, र राजेश श्रेष्ठ को अभिनय देख्न सकिन्छ। मेकअप हिरा थापा मगरले गरेका छन् भने छायांकन (सिनेमाटोग्राफी), सम्पादन र रङ्ग संयोजनको जिम्मा निर्देशक सुनील विश्वकर्माले नै सम्हालेका छन्।

Advertisement 3

गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्रेम, वियोग, र भावनात्मक कथालाई समेटेर तयार पारिएको यस गीतले नेपाली लोकदोहोरी पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

 

तपाईंले अझै यो गीत सुन्नुभएको छैन भने, जमुना सनम अफिसियल युट्युब च्यानलमा गएर सुन्नुहोस्, प्रतिक्रिया दिनुहोस्, र नेपाली लोक संगीतलाई समर्थन गरौँ!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!