Listen LIVE

नेपालगञ्ज, असार १६ । नेपालगञ्जसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित रूपईडीहामा रहेको एक पतञ्जलि पसलबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ। भारतीय प्रहरीले छापा मारेर पसल सञ्चालक आदित्य मिश्रालाई पक्राउ गरेको जनाएको छ।

Advertisement 1

 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त पसलमा लागूऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको हो। बरामद लागूऔषधको परिमाण र घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

Advertisement 2

 

नेपालसँग खुला सीमा जोडिएको रूपईडीहामा भएको यस घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध कारोबारप्रति पुनः चिन्ता बढाएको छ। स्थानीयवासीले यस्ता गतिविधिका कारण नेपाली युवासमेत लागूऔषध दुर्व्यसनको जोखिममा पर्न सक्ने भन्दै सीमा क्षेत्रमा निगरानी थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Advertisement 3

 

स्थानीयको भनाइमा नेपाल र भारतका सुरक्षा निकायबीच प्रभावकारी समन्वय, नियमित अनुगमन तथा संयुक्त निगरानीलाई थप सुदृढ बनाउन सके यस्ता अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!