Listen LIVE

नेपालगन्ज । बाँके जिल्लामा लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्तिसम्बन्धी समस्यालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेका जिल्ला सभापति विवेक कुमार श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठसँग गम्भीर छलफल गरेका छन्।

Advertisement 1

छलफलका क्रममा नेपालगन्ज तथा बाँकेका विभिन्न क्षेत्रमा पटकपटक हुने विद्युत अवरोध, अनियमित आपूर्ति, कमजोर वितरण प्रणाली तथा सेवाग्राहीले भोगिरहेका समस्याबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको थियो। जिल्ला सभापति श्रेष्ठले उद्योग, व्यापार, शिक्षा तथा दैनिक जनजीवनमा विद्युत समस्याले गम्भीर असर पारेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका थिए।

Advertisement 2

छलफलपछि मन्त्री बिराज भक्त श्रेष्ठले बाँके जिल्लाको विद्युत समस्यालाई गम्भीर रूपमा लिएको बताउँदै समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, यस विषयमा थप छलफल गरी छिट्टै ठोस निर्णय लिने तयारी रहेको जानकारी पनि दिएका छन्।

Advertisement 3

 

छलफलका क्रममा डुडुवा गाउँपालिका–१, होलियामा तटबन्ध निर्माणको काम तत्काल सुरु गर्ने विषयमा समेत सकारात्मक सहमति भएको विवेक श्रेष्ठले बताएका छन्।

 

जिल्ला सभापति श्रेष्ठका अनुसार बाँकेको विद्युत समस्या समाधानका लागि सम्बन्धित निकायसँग पुनः छलफल गर्ने कार्यक्रम तय भएको छ। आगामी छलफलपछि थप निर्णय र प्रगतिको जानकारी सार्वजनिक गरिने उनले बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!