भारतको कुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

नेपालगञ्ज :भारतको महाकुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनाग्रस्त भएको हो।

 

प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार उक्त बसमा करिब ४० जना यात्रु सवार थिए। तीर्थयात्राका लागि भारततर्फ गइरहेका यात्रु दुर्घटनामा परेपछि उद्धार कार्य भइरहेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

 

स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार तथा राहत कार्यमा जुटिरहेको छ। घाइतेहरूको अवस्था र घटनाबारे थप विवरण आउन बाँकी छ।

 

error: Content is protected !!