Listen LIVE

प्रयागराज, भारत :  मंगलबार राति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी भक्तजन घाइते भएका छन्।

Advertisement 1

स्थानीय समाचारपत्र भास्कर दैनिक का अनुसार घटनामा परी १४ वटा शव पोस्टमार्टमका लागि स्वरूप रानी अस्पताल लगिएको छ। प्रशासनले भने मृत्यु तथा घाइतेको आधिकारिक संख्या खुलाएको छैन।

Advertisement 2

महाकुम्भ मेलामा सिलिन्डर विस्फोट, भिषण आगलागीले १९ पाल जलेर खरानी

दुर्घटनापछि प्रयागराजमा प्रवेशमा रोक लगाइएको छ। एनएसजी कमाण्डोहरूलाई संगम किनारको सुरक्षा जिम्मा दिइएको छ भने संगम नोज क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड नियन्त्रण गर्न प्रयागराजसँग जोडिएका जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा पनि रोक लगाइएको छ।

Advertisement 3

 

प्रशासनको अनुरोधमा १३ वटै अखाडाहरूले मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। साथै, अखाडाहरूबीच बैठक बोलाइएर अवस्थाबारे छलफल गरिएको छ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग चार पटक फोन वार्ता गरी घटनाको विवरण लिएका छन्। अधिकारीहरूले हेलिकप्टरबाट महाकुम्भको निगरानी गरिरहेका छन्।

 

मुख्यमन्त्री योगी आदित्यनाथले स्थिति नियन्त्रणमा रहेको बताउँदै हल्लामा ध्यान नदिन आमजनतालाई अनुरोध गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!