Listen LIVE

नेपालगन्ज । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् ।

Advertisement 1

रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देहव्यापारमा संलग्न २२ वर्षीया युवती लक्ष्मी नकर्मी (नाम परिवर्तन) माथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार भएको थियो । ग्राहकले आफूसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको भन्दै मंगलबार नयाँ बानेश्वरस्थित प्रहरी बृत्तमा पुगेकी थिइन् । तर, उनले ग्राहकको नाम, ठेगाना बताएकी छैनन् ।

‘मोबाइल नम्बरको आधारमा व्यक्ति पहिचानको प्रयास गर्दैछौं’, नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोदारले भने, ‘व्यक्ति पहिचान भएपछि अनुसन्धान गर्छौं, अनिमात्र मुद्दा चल्ने, नचल्ने भन्न सकिन्छ ।’

Advertisement 2

पीडित युवती कपन, बालुवाखानीस्थित सुकुम्बासी बस्तीमा बस्छिन् । घटनापछि उनले पहिला कोटेश्वरस्थित प्रहरी प्रभागमा उजुरी गरेकी थिइन् । एक सामाजिक संस्थामार्फत उजुरी गर्न गएकी उनी देहव्यापारी भएको थाहा पाएपछि उक्त संस्थाका व्यक्तिले वास्ता गर्न छाडे । पछिल्लो समय ठमेलमा कार्यालय रहेको श्रमिक महिला रक्षा संघमार्फत उनी प्रहरी सम्पर्कमा गएकी हुन् ।

घटनाको प्रमाण र अन्य विवरण पनि अद्यावधिक रहेको रक्षा संघकी प्रतिनिधि निर्जला सिजापतिले बताइन् । तर, कोमाथि मुद्दा चलाउने भन्ने अन्यौलताका कारण प्रहरी कारवाहीमा ढिला भएको उनले बताइन् । ‘नयाँ बानेश्वर प्रहरीमा गएपछि राम्रो रेस्पोन्स पाएका छौं’, उनले भनिन् ।

Advertisement 3

युवतीसँग रहेको ग्राहकको मोबाइल नम्बरका आधारमा छानवीन गर्दा उनको फोटो पहिचान भएको छ । फोन गरेर सोध्दा आफ्नो नाम रविन बताएका छन् ।

ती ग्राहकले लक्ष्मीलाई पहिलोचोटि कात्तिक ७ गते काँडाघारीस्थित आँखा अस्पतालपछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क गरेका थिए । रत्नपार्कबाट रुटको गाडी चढेर उनीहरु त्यहाँ पुगेका थिए ।

पहिलो दिन एक हजार रुपैयाँ दिए । भोलिपल्ट फेरि रविनले युवतीलाई त्यहीँ बोलाए । उनी गइन् । तर, त्यसदिन शारीरिक सम्पर्कपछि शरीरका विभिन्न अंगमा छुरा प्रहार गरेर भागे । लक्ष्मीलाई रगताम्य देखेपछि स्थानीयले उपचारका निम्ति वीर अस्पताल पुर्‍याएका थिए ।

केही दिनको उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । उपचारका क्रममा भएको खर्च एक सामाजिक संस्थाले व्यहोरेको थियो । सोही संस्थाले कोटेश्वर प्रहरीमा उजुरी गर्नेसम्मको सहयोग गर्‍यो । पछि उनी देहव्यापारमा संलग्न भएको थाहा पाएपछि सो संस्थाका मानिसहरुले वास्ता गर्न छाडे ।

छुरा प्रहारपछि उनको शरीरमा २५ टाँका लगाइएको श्रमिक महिला रक्षा संघकी सिजापतिले बताइन् । कोटेश्वर प्रहरीको पत्रका आधारमा बालुवाटारस्थित अर्चिड अस्पतालमा उनको घाउ जाँच फाराम तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!