Listen LIVE

प्रयागराज, भारत : उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गर्न आएका श्रद्धालु सवार बोलेरो र बस आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

Advertisement 1

 

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शुक्रबार राति प्रयागराज–मिर्जापुर राजमार्गस्थित मेजा क्षेत्रमा भएको हो। छत्तीसगढको कोरबा जिल्लाबाट संगम स्नानका लागि गएका श्रद्धालु सवार बोलेरोलाई यात्रुवाहक बसले ठक्कर दिँदा बोलेरोमा रहेका १० जनाको घटनास्थलमै मृत्यु भएको हो। बसमा सवार १९ जना यात्रु घाइते भएका छन्, जसलाई उपचारका लागि सीएचसी रामनगर अस्पताल लगिएको छ।

Advertisement 2

 

घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान जारी रहेको छ। प्रारम्भिक विवरणअनुसार बसमा रहेका सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्। उनीहरू संगम स्नान गरेर वाराणसी फर्किरहेका थिए। दुर्घटनापछि स्थानीय प्रशासन घटनास्थलमा पुगेको छ भने घाइतेहरूको स्वास्थ्य अवस्थाबारे अपडेट लिइँदैछ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!