Listen LIVE

भारत ,ओडिशा : ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ।

Advertisement 1

किट युनिभर्सिटीकी होस्टेल स्टाफद्वारा नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी

मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र  दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको दैनिक भास्करमा उल्लेख छ।

Advertisement 2

ओडिसाको केआइआइटी कलेजमा नेपाली छात्रामाथि मानसिक यातना, भारतीय युवक पक्राउ

यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको जनाइएको छ।

Advertisement 3

भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, विद्यार्थी असुरक्षित महसुस

फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

 

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका छन्।

 

मृतक विद्यार्थीको काकाको छोराको उजुरीको आधारमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

 

भारतीय सरकारले गठन गरेको समितिको प्रतिवेदन अनुसार कानुनी र प्रशासनिक कारबाही गरिने भनिएको छ। विद्यार्थीविरुद्ध भएको बल प्रयोग र दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको जनाइएको छ। घटनाका जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!