भारत : भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गर्न थालेका छन्। घटनाको सत्यतथ्य छानबिनको माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेको उनीहरूको गुनासो छ।
Advertisement 1
नेपाली विद्यार्थीहरूको आठ बुँदे माग
- न्याय सुनिश्चितता – घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्छ।
- प्रहरी अनुसन्धान – होस्टेल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले शव नियन्त्रणमा लिएर प्रक्रिया उल्लंघन गरेको हुनाले उनीहरूमाथि अनुसन्धान गर्नुपर्छ।
- गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही – पीडितले पेश गरेका कागजातहरूको विस्तृत छानबिन गरी बेवास्ता गर्ने कर्मचारीहरूलाई जागिरबाट हटाइनुपर्छ।
- नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षक निलम्बन – नेपालका बारेमा अवहेलना गर्ने शिक्षकमाथि कारबाही हुनुपर्छ।
- विद्यार्थीमाथि आक्रमण गर्ने अधिकारीले माफी माग्नुपर्छ – आदेश दिने उच्च अधिकारीहरू कानुनी कारबाहीको सामना गर्नुपर्छ।
- सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ – फेब्रुअरी १७ को बिहान ८ बजेपछि भएको घटनाका दृश्य सार्वजनिक गर्नुपर्छ।
- विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति – जबरजस्ती होस्टेलबाट निकाला गरिएका विद्यार्थीहरूको खर्च कलेजले बेहोर्नुपर्छ।
- कलेज प्रशासनले गल्ती स्वीकार गर्नुपर्छ – कलेज प्रशासनले झूटो प्रेस विज्ञप्ति जारी गरेको स्वीकार गर्दै वास्तविकता सार्वजनिक गर्नुपर्छ।
Advertisement 2
प्राकृतिक मृत्यु प्रकरणपछि नेपाली विद्यार्थीहरूलाई छानीछानी आक्रमण गरिएको गुनासो छ। फेब्रुअरी १७ बिहान मात्र १०–१२ जना बाउन्सर जस्ता देखिने व्यक्तिहरू नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरी कुटपिट गरेको विद्यार्थीहरू बताउँछन्। मोबाइल जाँच्ने, यातायातको खर्च नभइकन रेलवे स्टेसनतर्फ लखेट्ने जस्ता घटनाहरू भएका छन्।
Advertisement 3
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै नेपाली दूतावासका अधिकारीहरूलाई तत्काल घटनास्थलमा पठाइएको जानकारी गराएका छन्। नेपाली विद्यार्थीहरूलाई सुरक्षित बस्न वा फर्किनको लागि सहजीकरण गरिएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले समेत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिने भन्दै कलेज फर्कन अनुरोध गरेको छ। तर, विद्यार्थीहरू त्रसित अवस्थामा रहेका छन्।
यस घटनाका प्रमाणहरू सुरक्षित राख्न नेपाली विद्यार्थीहरूले दिल्लीस्थित नेपाली दूतावासलाई सीसीटीभी फुटेजको माग गरेका छन्। नेपाली विद्यार्थीमाथि भएको आक्रमणका घटनाहरू सार्वजनिक भएपछि नेपालमा पनि विरोधका आवाजहरू उठ्न थालेका छन्।










प्रतिक्रिया