नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–८, मगुवा क्षेत्रमा सोमबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट धनगढी जाँदै गरेको सु.प.प. ०१–००१ ख ३६४४ नम्बरको बस विपरीत दिशाबाट आइरहेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो।

 

बसमा २४ जना यात्रु सवार रहेको र घाइतेमध्ये दुई जना आफैं उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगेको प्रहरीले जनाएको छ। बस चालक रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।

 

घटनापछि इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टको नेतृत्वमा नौ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।

 

Leave a Reply

error: Content is protected !!