कपिलवस्तु । काठमाडौंबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आज (आइतबार) बिहान करिब ४ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डिएसपी मोहनमणी अधिकारीका अनुसार बसमा चालकसहित ३० जना सवार थिए । तीमध्ये २९ जना घाइते भएका हुन् । घटनामा परि ३ जनाको अवस्था गम्भीर, २० जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने १० जनालाई उपचारपश्चात डिस्चार्ज गरिएको र १३ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुने यात्रुहरूमध्ये सल्यान, दाङ, रोल्पा, रुकुम, सोलुखुम्बु, डडेलधुरा, अर्घाखाँची, पर्वत लगायत विभिन्न जिल्लाका छन् । घाइतेमध्ये केहीको विवरण यस्ता छन्: देवी बुढाथोकी, ७७, सल्यान बागचौर-१० मोहनलाल बुढाथोकी, ५६, सारदा-१२ श्रीधर अधिकारी, ३५, तुलसीपुर-११ मोतीलाल ऐरी, २८, आठबिसकोट-८, रुकुम पश्चिम कोसिस गौतम, २१, सोलुखुम्बु सोताङ-३ अनिता चलाउने, १९, शिद्धकुमाख-२, सल्यान सचिला नेपाली, ५२, घोराही-१८ टुक कुमारी श्रेष्ठ, ६०, सितगंगा-८, अर्घाखाँची चित्र प्रसाद धिताल, २५, बागचौर-१० ओम प्रकाश खड्का, ३१, परिवर्तन-३, रोल्पा रुपा चौधरी, २८, राप्ती-४, दाङ हेमराज वली, ३९, गंगादेव-३, रोल्पा खड्क बहादुर पुन, ३९, मादी, पर्वत भीम बहादुर बिक, ४३, छत्रेश्वरी-१, सल्यान इन्द्र बहादुर बिक, ४०, बागचौर-४ ललित शर्मा, २१, तुलसीपुर-११ सन्दीप वली, ३१, गंगादेव-३, रोल्पा विशाल बोहरा, २२, आलीताल-४, डडेलधुरा शर्मिला नेपाली, २४, दंगिशरण-२, दाङ रश्मी बोहरा, ४२, छत्रेश्वरी-३, सल्यान वेद बहादुर वली, ३९, घोराही-११ प्रहरीका अनुसार बस आफै अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । बस चालक प्रहरीको सम्पर्कमा रहेको बताइएको छ । Post navigation बैजनाथमा छोराद्वारा बाबुको हत्या, प्रहरीद्वारा फरार छोरा पक्राउ पल शाह र नारायणी खत्रीको अभिनयमा तीज गीत ‘म भन्दा राम्रो कोही’ सार्वजनिक, साजन कुँवरको दमदार शब्द