नेपालगञ्ज । नेपालगञ्जमा संगीतप्रेमीहरूका लागि विशेष सांगीतिक कार्यक्रम ‘समर बिट्स २०२६’ आयोजना हुने भएको छ। जॉब ग्यालरी नेपालगञ्जको आयोजनामा हुने कार्यक्रममा चर्चित कलाकार जी बब र कुशल श्रेष्ठले आफ्ना प्रस्तुति दिने भएका छन्।
Advertisement 1
कार्यक्रमबारे आयोजकका तर्फबाट रवि बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रम आगामी भदौ २७ गते शनिबार नेपालगञ्जस्थित होटल बाटिकामा हुनेछ।
Advertisement 2

कार्यक्रममा जी बब र कुशल श्रेष्ठका साथै स्थानीय कलाकार तथा प्रतिभाहरूको प्रस्तुति पनि रहनेछ। कार्यक्रमका लागि साँझ ६ बजे गेट खुल्ने र ७ बजेपछि सांगीतिक प्रस्तुति सुरु हुने आयोजकले जनाएको छ।
Advertisement 3
कार्यक्रमको आधिकारिक होस्टका रूपमा समीर मान श्रेष्ठ रहनेछन्। होटल बाटिका कार्यक्रमको स्थल साझेदार रहेको छ भने नेपालगञ्ज ग्यालरी सामाजिक सञ्जाल साझेदारका रूपमा रहेको छ।
कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि टिकट ई–सेवामार्फत उपलब्ध हुने बताइएको छ। प्रारम्भिक टिकटको मूल्य रु. ५००, साधारण टिकट रु. ८०० र कार्यक्रमस्थलबाट खरिद गर्दा रु. १,००० तोकिएको छ।
नेपालगञ्जमा पछिल्लो समय बढ्दै गएको सांगीतिक गतिविधिलाई थप ऊर्जा दिने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रममा युवा पुस्ताका लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने भएकाले दर्शकको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रमलाई व्यवस्थित र मनोरञ्जनात्मक बनाउन आवश्यक तयारी अघि बढाइएको जनाएको छ।











