Listen LIVE

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। यससँगै उनले देशको इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन्।

Advertisement 1

 

सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी कार्की अब कार्यपालिकाको नेतृत्वमा पुगेकी हुन्। शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराए।

Advertisement 2

 

जेनजी समूहको आन्दोलनका मागअनुसार असाधारण परिस्थितिमा राष्ट्रपति पौडेलले राजनीतिक दल र सरोकारवालासँगको परामर्शपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

Advertisement 3

 

शैक्षिक पृष्ठभूमि र पेशागत यात्रा

विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा जन्मेकी कार्कीले महेन्द्र मोरङ कलेजबाट बीए र बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी हुन्। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्दै २०३५ सालमा कानुन व्यवसाय सुरु गरेकी थिइन्।

 

कार्कीले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गरेकी थिइन्। उनले कोशी अञ्चल बार र विराटनगर पुनरावेदन बारको अध्यक्षका रूपमा पनि काम गरिन्। २०६१ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाएपछि २०६५ मा सर्वोच्च अदालतकी अस्थायी र २०६७ मा स्थायी न्यायाधीश नियुक्त भएकी थिइन्।

 

व्यक्तिगत विशेषता र योगदान

कार्कीले १४ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। उनले अमेरिका, बेलायत, भारत, चीनलगायत विभिन्न मुलुकको भ्रमण गरेकी छन्। नेपाली, अङ्ग्रेजी र हिन्दीमा निपुण कार्की निडर स्वभाव र सरल जीवनशैलीका लागि परिचित छिन्।

 

न्यायपालिका र कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउने कार्की नेपालकै इतिहासमा पहिलो पात्र बनेकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!