Listen LIVE

नेपालगञ्ज, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने पवित्र पर्व जनैपूर्णिमा तथा रक्षाबन्धन आज देशभर वैदिक सनातन धर्मावलम्बीले धार्मिक विधि र परम्पराअनुसार मनाउँदै छन्। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

Advertisement 1

जनैपूर्णिमाका दिन बिहानैदेखि श्रद्धालुहरू नदी, ताल, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने तथा मन्त्रिएको नयाँ जनै धारण गर्ने गर्दछन्। स्नानपछि सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गरी नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहेकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ।

Advertisement 2

वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाजलाई सप्तऋषिका रूपमा पूजा गरी जौ, तिल र कुशद्वारा तर्पण दिने धार्मिक परम्परा छ। तागाधारी समुदायले पुरानो जनै त्यागेर मन्त्रिएको नयाँ जनै धारण गर्ने गर्दछन्।

Advertisement 3

यसै अवसरमा गुरु तथा पुरोहितबाट मन्त्र उच्चारणसहित नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन छ। धार्मिक मान्यताअनुसार रक्षासूत्रले सुरक्षा, सद्भाव र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा काम गर्ने विश्वास गरिन्छ।

जनैपूर्णिमासँगै आज राखी बाँध्ने परम्परा पनि विशेष रूपमा मनाइँदैछ। विशेषगरी तराई क्षेत्रमा प्रचलित यो परम्परा पछिल्लो समय देशका अन्य भूभागमा समेत विस्तार भएको छ। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य तथा सुख–समृद्धिको कामना गर्ने र दाजुभाइले उपहार वा दक्षिणा दिँदै दिदीबहिनीप्रति प्रेम र संरक्षणको भाव व्यक्त गर्ने चलन छ।

जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी खाने परम्परा पनि हो। विभिन्न थरिका गेडागुडी मिसाएर तयार गरिने क्वाँटी यस दिन विशेष रूपमा खाने गरिन्छ। वर्षायाममा शरीरलाई तातोपन तथा पोषण प्रदान गर्ने विश्वासका कारण पनि क्वाँटी खाने चलन रहँदै आएको छ।

जनैपूर्णिमाको अवसरमा बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। भक्तजनहरू मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गर्नुका साथै रक्षाबन्धन बाँध्ने र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

नेपालगञ्ज तथा आसपासका क्षेत्रमा जनै धारण गर्ने, रक्षाबन्धन बाँध्ने र राखी लगाउनेहरूको समेत चहलपहल बढेको छ। पर्वका कारण धार्मिक स्थल तथा बजार क्षेत्रमा समेत उत्साहपूर्ण वातावरण देखिएको छ।

नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पनि जनैपूर्णिमाको अवसरमा विशेष पूजा, मेला तथा धार्मिक गतिविधि आयोजना हुने गर्दछन्। काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा श्रद्धालुको विशेष चहलपहल हुने गर्दछ।

धार्मिक आस्था, संस्कार, पारिवारिक प्रेम र सामाजिक सद्भावसँग जोडिएको जनैपूर्णिमा तथा रक्षाबन्धन नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा र विधिअनुदेशभर जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै, नेपालगञ्जका मन्दिरमा भक्तजनको भीड

नेपालगञ्ज, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने पवित्र पर्व जनैपूर्णिमा तथा रक्षाबन्धन आज देशभर वैदिक सनातन धर्मावलम्बीले धार्मिक विधि र परम्पराअनुसार मनाउँदै छन्। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

जनैपूर्णिमाका दिन बिहानैदेखि श्रद्धालुहरू नदी, ताल, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने तथा मन्त्रिएको नयाँ जनै धारण गर्ने गर्दछन्। स्नानपछि सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गरी नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहेकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ।

वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाजलाई सप्तऋषिका रूपमा पूजा गरी जौ, तिल र कुशद्वारा तर्पण दिने धार्मिक परम्परा छ। तागाधारी समुदायले पुरानो जनै त्यागेर मन्त्रिएको नयाँ जनै धारण गर्ने गर्दछन्।

यसै अवसरमा गुरु तथा पुरोहितबाट मन्त्र उच्चारणसहित नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन छ। धार्मिक मान्यताअनुसार रक्षासूत्रले सुरक्षा, सद्भाव र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा काम गर्ने विश्वास गरिन्छ।

जनैपूर्णिमासँगै आज राखी बाँध्ने परम्परा पनि विशेष रूपमा मनाइँदैछ। विशेषगरी तराई क्षेत्रमा प्रचलित यो परम्परा पछिल्लो समय देशका अन्य भूभागमा समेत विस्तार भएको छ। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य तथा सुख–समृद्धिको कामना गर्ने र दाजुभाइले उपहार वा दक्षिणा दिँदै दिदीबहिनीप्रति प्रेम र संरक्षणको भाव व्यक्त गर्ने चलन छ।

जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी खाने परम्परा पनि हो। विभिन्न थरिका गेडागुडी मिसाएर तयार गरिने क्वाँटी यस दिन विशेष रूपमा खाने गरिन्छ। वर्षायाममा शरीरलाई तातोपन तथा पोषण प्रदान गर्ने विश्वासका कारण पनि क्वाँटी खाने चलन रहँदै आएको छ।

नेपालगञ्जका मन्दिरमा भक्तजनको भीड

जनैपूर्णिमाको अवसरमा बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। भक्तजनहरू मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गर्नुका साथै रक्षाबन्धन बाँध्ने र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

नेपालगञ्ज तथा आसपासका क्षेत्रमा जनै धारण गर्ने, रक्षाबन्धन बाँध्ने र राखी लगाउनेहरूको समेत चहलपहल बढेको छ। पर्वका कारण धार्मिक स्थल तथा बजार क्षेत्रमा समेत उत्साहपूर्ण वातावरण देखिएको छ।

नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पनि जनैपूर्णिमाको अवसरमा विशेष पूजा, मेला तथा धार्मिक गतिविधि आयोजना हुने गर्दछन्। काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा श्रद्धालुको विशेष चहलपहल हुने गर्दछ।

धार्मिक आस्था, संस्कार, पारिवारिक प्रेम र सामाजिक सद्भावसँग जोडिएको जनैपूर्णिमा तथा रक्षाबन्धन नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा र विधिअनुसार मनाउँदै आएका छन्।सार मनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!