Listen LIVE

नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा परिचित नेपालगञ्जमा उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्ने नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लिएर चुनावी सरगर्मी बढेको छ। संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ ६ गते, शनिबार निर्वाचन हुँदैछ।

Advertisement 1

 

नयाँ नेतृत्वका लागि विभिन्न उम्मेदवारहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला संघको सदस्य पदमा सुरज बहादुर भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। व्यवसायीको हक, हित र समृद्धिलाई केन्द्रमा राख्दै आफूले उम्मेदवारी दिएको भण्डारीले बताएका छन्।

Advertisement 2

 

विगत २५ वर्षदेखि व्यवसायिक क्षेत्रमा निरन्तर सक्रिय भण्डारी होटल व्यवसायसँगै सामाजिक गतिविधि तथा विभिन्न संस्थामा संलग्न रहँदै आएका छन्। उनी स्वस्तिक कटेज र होटल स्वस्तिक का सञ्चालक हुन्। व्यवसायिक अनुभव, सामाजिक उत्तरदायित्व र उद्योगी–व्यवसायीबीचको सहकार्यलाई आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा उनले अघि सारेका छन्।

Advertisement 3

 

भण्डारीको स्थायी ठेगाना राप्ती सोनारी–९, ढकेरी भए तापनि हालको बसोबास नेपालगञ्ज–२, न्यू रोड रहेको छ।

 

उनले नेपालगञ्जलाई नयाँ उद्यमीले आफ्ना सपना देख्न र त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने वातावरण भएको सहर बनाउने उद्देश्य रहेको बताएका छन्। “नेपालगञ्जलाई नयाँ उद्यमीले सपना देख्न सक्ने सहर बनाउन मेरो योगदान हुनेछ,” भन्ने उनको धारणा छ।

 

उद्योगी–व्यवसायीको हकहित संरक्षण, व्यवसायिक विकास, पारदर्शिता, सुशासन, सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता भण्डारीले व्यक्त गरेका छन्।

 

उनको चुनावी अभियानमा व्यापारी एकता, व्यवसाय प्रवर्द्धन, पारदर्शिता र सुशासन, सदस्यको हित तथा साझा नेतृत्वलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ। व्यवसायीबीच एकता र सहकार्यलाई बलियो बनाउँदै संघलाई थप प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने उनको लक्ष्य छ।

 

नेपालगञ्जमा व्यापार तथा व्यवसायको क्षेत्र विस्तार हुँदै जाँदा उद्योगी–व्यवसायीका समस्या समाधान, लगानीको वातावरण निर्माण, व्यवसाय प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने विषय निर्वाचनका प्रमुख बहसका रूपमा देखिएका छन्। यही परिवेशमा भण्डारीले आफ्नो लामो व्यवसायिक अनुभवलाई संघमार्फत उद्योगी–व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 

आगामी भदौ ६ गते हुने निर्वाचनले नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्व र संघको भावी कार्यदिशा तय गर्ने भएकाले यसपटकको निर्वाचनलाई व्यवसायिक क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!