Listen LIVE

भारत : भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी एक होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक रूपमा माफी मागेकी छन्। नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूप्रति उनले अपमानजनक शब्द प्रयोग गर्दै हप्कीदप्की गरेकी थिइन्।

Advertisement 1

 

एक भिडिओ सन्देश जारी गर्दै उनले भनेकी छन्, “यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु। त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए। यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन। मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु।”

Advertisement 2

भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, विद्यार्थी असुरक्षित महसुस

उनीसहित दुई महिलाले नेपाली विद्यार्थीहरूलाई तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। यस घटनापछि नेपाली विद्यार्थीहरूले मात्र नभई भारतीय नागरिकहरूले समेत ती स्टाफको व्यवहारको आलोचना गरेका छन्।

Advertisement 3

ओडिसाको केआइआइटी कलेजमा नेपाली छात्रामाथि मानसिक यातना, भारतीय युवक पक्राउ

किट युनिभर्सिटी प्रशासनले आज एक सूचना जारी गर्दै उक्त घटनामा संलग्न पाँच जना कर्मचारीलाई कारबाही गरेको जनाएको छ। विश्वविद्यालय प्रशासनले यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!