Listen LIVE

सन्देश भुसाल,नेपालगन्ज : सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार नेपालगन्जमा भएको प्रतिस्पर्धात्मक फाइनलमा एपीएफका लागि गीता रानाको इन्जुरी समयको अन्तिम मिनेटमा गरिएको हेड गोल नै निर्णायक बन्यो।

Advertisement 1

नेपाल पुलिस क्लब

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबलको तयारी तीव्र

नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारी तिब्र

Advertisement 2

प्रतियोगितामा कुल आठ टोली सहभागी थिए। विजेता एपीएफ क्लबले उपाधिसहित ५ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझायो।

एपिएफ क्लब

यसअघि एपीएफले इलाम गोल्डकप र चितवन गोल्डकपको उपाधि जितेको थियो, जसले गर्दा यो क्लबको लगातार तेस्रो मोफसल उपाधि बनेको छ। राष्ट्रिय टोलीका करिब एक दर्जन खेलाडी रहेको एपीएफले यसअघि महिला लिगको उपाधि पनि जितिसकेको छ।

Advertisement 3

प्रतियोगिताको यात्रा सहज बनाउँदै एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० ले र सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उता, नेपाल पुलिसले समूह चरणमा भारतको सिलिगुडी एफसीलाई ४–० ले र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

फाइनल खेलपछि एपीएफकी प्रशिक्षक भगवती थापाले खेलाडीहरूको प्रदर्शन अपेक्षाअनुसार नदेखिएको बताउँदै नेपाल पुलिसबाट बलियो चुनौती पाएको स्वीकारिन्। यता, घरेलु मैदानमा उपाधि जित्ने सपना अधुरो बनेकी पुलिसकी कप्तान निरु थापाले उपविजेता बने पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट भएको बताइन्।

प्रतियोगिताको आयोजना अन्तरालले गरेको थियो भने बाँके जिल्ला फुटबल संघ सह–आयोजक रहेको थियो। सहभागी टोलीहरूमा एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, रौतहट जिल्ला, भारतको सिलिगुडी एफसी तथा आयोजक बाँके–११ रहेका थिए।

एपीएफको यो जितसँगै नेपाली महिला फुटबलमा विभागीय टोलीको दबदबा झनै प्रस्ट भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!