Listen LIVE

सन्देश भुसाल, दाङ, चैत १० : दाङको घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

Advertisement 1

 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा तुलसीपुर–६ निवासी २२ वर्षीय बिवेक सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाह ले जानकारी दिनुभएको छ।

Advertisement 2

 

दुर्घटनामा परी गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। अर्का मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत गम्भीर घाइते भएका छन्। उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement 3

 

मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिकलगायतका पत्रिका तुलसीपुरसम्म पुर्याउने कार्य गर्दै आएका थिए। प्रहरीका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!