Listen LIVE

नेपालगञ्ज पोष्ट,साउन २४। आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्तिभाव र परम्पराअनुसार जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व विधिपूर्वक मनाइरहेका छन्।

Advertisement 1

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा तागाधारीहरूले नयाँ जनै (यज्ञोपवित) फेर्ने, ऋषितर्पण गर्ने तथा ब्राह्मण पुरोहितबाट डोरो बाँध्ने परम्परा छ। धार्मिक मान्यताअनुसार सत्ययुगमा गुरु वृहस्पतिले बलशाली दानवराज बलीलाई बाँधेर देवगणलाई सुरक्षित बनाएका थिए। त्यसै परम्परालाई निरन्तरता दिँदै आजको दिन ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ मन्त्रसहित रक्षासूत्र बाँध्ने चलन छ।

Advertisement 2

जनै फेर्ने कर्ममा तागाधारीहरूले अघिल्लो दिनदेखि व्रत बस्ने, कपाल मुण्डन गर्ने, चोखो नितो बस्ने परम्परा रहेको छ। आज बिहानै गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका प्रयोग गरी नदी, ताल, पोखरी वा कुण्डमा स्नान गरी श्रावणी स्नान पूरा गरिन्छ। त्यसपछि जौ, तिल, कुशद्वारा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई तर्पण गरी वैदिक विधिबाट जनै फेर्ने गरिन्छ। त्यसैले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

Advertisement 3

हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ‘ज्ञानको धागो’ भनिन्छ। यसका दुई शिखामध्ये एकमा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक र अर्कोमा कर्म, उपासना र ज्ञानका तीन योगको प्रतीक मानिन्छ। जनै धारण गर्नु आत्मशुद्धि, ज्ञान र जिम्मेवारीको संकेत पनि हो।

यसै दिन क्वाँटी खाने परम्परासमेत रहेको छ। ११ थरिका गेडागुडी मिसाएर टुस्याएर बनाइने क्वाँटी स्वास्थ्यका दृष्टिकोणले अति लाभदायक मानिन्छ। वर्षायाममा शरीरमा लागेको चिसोपन हटाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास रहिआएको छ।

त्यस्तै, नेपालका तराई क्षेत्रमा आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउने परम्परा छ। यसबाट पारिवारिक प्रेम र आपसी सम्बन्ध अझ बलियो हुने जनविश्वास रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!