Listen LIVE

नेपालगञ्ज: बाँकेमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ ।जिल्ला प्रशासन कार्यालय बाँकेले देउसीभैलो खेल्न अवधि रातको १० बजेसम्म तय गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको १० बजेसम्म देउसीभैलो खेल्न पाउने ब्यवस्था गरेको बताइएकोछ ।

Advertisement 1

 

बाँकेमा शान्ति सुरक्षा प्रदान गर्न प्रशासनले देउसी भैलो खेल्ने अवधि रातको १० बजेसम्मका लागि तय गरेको हो । सम्भावित अपराध तथा दुर्घटना रोक्न समयसीमा तोकिएको बाँके प्रहरी बताउँछ ।

Advertisement 2

 

‘रातभर देउसीभैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न यस्तो रोक लगाइएको हो।’ जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएकोछ ।

Advertisement 3

 

देउसीभैलो परम्परासँग जोडिएको विषय हो, परम्पराविरुद्ध गइ जबरजस्ती आफूखुशी दक्षिणा माग्ने, होहल्ला गर्ने, मदिरा सेवन गर्ने, उछृ‌ङ्खल गतिविधि गर्ने जो कोहीलाई ठाँउका ठाँउ समात्ने बाँके प्रहरीको तयारी छ ।

 

दशैंअघि सार्वजनिक गरिएको सुरक्षा योजना मुताविक हाम्रो सुरक्षा योजना चलिरहेकोछ । २४ घण्टै अलर्टमा छौं। थप जनशक्ति स्टाण्डबाइ राखेकाछौं।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी आयुश जोशीले नेपालगन्ज खबरलाइ जानकारी दिए ।

 

एकआपसमा सद्भाव कायम गर्ने, धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव विथोल्ने गतिविधि नगर्न उनले अग्रह गरे ।

 

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत बाँके प्रहरीले सर्वसाधरणलाई अनुरोध गरेकोछ ।

 

जिल्लाभर पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार पसार नगर्न तथा पड्काउन रोक लगाइएको उनले जानकारी दिए । पटाका, आतिसबाजी गर्दा चोटपटक लागि घाइते हुने र आगलागी जस्ता घटना हुनसक्ने भएकाले यस्ता कार्य गर्नमा रोक लगाइएको उनले बताए ।

 

तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्री आफ्नो निगरानी बढाएकोछ ।

 

यस्तै तिहारको समयमा जुवातास, पटाका आयात गर्ने, पड्‌काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरु बढी हुने गरेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

 

डिएसपी जोशीका अनुसार जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पडकाउने तथा जुवातास विरुद्ध विषेश अभियान सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!