Listen LIVE

नेपालगन्ज : नेपालगन्जमा पहिलोपटक सञ्चालन हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा यहि फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुने भएको हो।

Advertisement 1

 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताको तयारी द्रुत गतिमा भइरहेको जानकारी दिए। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ।

Advertisement 2

“नेपालगन्जमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता: खेलाडीहरूलाई नयाँ अवसर”

 

Advertisement 3

प्रमुख कार्यकारी शाहले लुम्बिनी कपले पश्चिम नेपालको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै भने, “यो प्रतियोगिता पश्चिम नेपालको गर्व गर्ने इभेन्ट हुनेछ। यसले फुटबल मात्र नभई क्षेत्रीय पर्यटनको विकासमा समेत योगदान पुर्‍याउनेछ।”

 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य भोजराज शाहीले पनि प्रतियोगिताले महिला खेलाडी उत्पादनमा टेवा पुर्‍याउने बताए। उनले भने, “यस प्रतियोगिताबाट स्तरीय महिला फुटबल खेलाडी उत्पादन हुने अपेक्षा छ।”

 

आयोजकका अनुसार प्रतियोगिताका विजेता तथा विधागत खेलाडीलाई आर्कषक पुरस्कार प्रदान गरिनेछ। पुरस्कार राशिको घोषणा छिट्टै अर्को पत्रकार सम्मेलनमार्फत गरिने जानकारी दिइएको छ।

 

प्रतियोगिताका प्रचारप्रसार उपसमिति संयोजक नीरज गौतमले लुम्बिनी कपको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरे।

 

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता पश्चिम नेपालमा खेलकुद र पर्यटन प्रवर्द्धनको कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!