सन्देश भुसाल, नेपालगञ्ज – तीनकुनेमा राजावादी समूहको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको घटनाको अनुसन्धान क्रममा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ।
Advertisement 1

प्रहरीका अनुसार कुँवरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जसमा उनी पत्रकार सुरेश रजक मृत अवस्थामा भेटिएको भवनबाट झर्दै गरेको देखिन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, घटनास्थल र समय मिल्दोजुल्दो देखिएकाले सोधपुछका लागि कुँवरलाई नियन्त्रणमा लिइएको हो।
Advertisement 2
प्रहरीले कुँवरमाथि अनधिकृत रूपमा अरूको घरमा प्रवेश गरेको आरोपसमेत लगाएको छ।
Advertisement 3
चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको विरोध प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जना गोली लागेर घाइते भएका थिए। सोही घटनापछि सुरेश रजकको रहस्यमय मृत्यु भएको थियो, जसले यो प्रकरणलाई झन् जटिल बनाएको छ।
राजधानीमा प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति
आगोमा परी ज्यान गुमाउने पत्रकार सुरेश रजकको कष्टपूर्ण यात्रा
चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२:५० बजे अश्रुग्याँस प्रहार, २:५४ मा गोली चलाइयो
कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाट प्रकरण: संलग्न व्यक्तिहरू पक्राउ
प्रकरणसँग सम्बन्धित आरोपमा राप्रपाका नेताहरू रविन्द्र मिश्र, धवलशमशेर राणा लगायत केही नेता हिरासतमा छन्। घटनाका मुख्य अभियुक्तका रूपमा हेरिएका दुर्गा प्रसाईं भने अझै फरार रहेका छन्।
प्रहरीले यस घटनालाई गम्भीर प्रकृतिको भन्दै व्यापक अनुसन्धान गरिरहेको जनाएको छ।










प्रतिक्रिया