काठमाडौं,चैत्र १७:कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा २०८१ साल चैत्र १५ गते तोडफोड र लुटपाट घटनामा संलग्न भएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहले गरेको संयुक्त आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडपछि लुटपाटमा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई प्रहरीले खोजतलास गरी विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।
Advertisement 1
काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूबाट मिति २०८१ चैत्र १६ र १७ गते सामानसहित पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ। पक्राउ परेकाहरूको विवरण निम्नानुसार छ:
Advertisement 2


पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्री:
Advertisement 3
१. आशिष सिंह
ठेगाना: धनुषा, मिथिला न.पा. वडा नं. ६, ढल्केवर
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: Black Label मदिरा (१ लिटर) – १ थान, Jack Daniels मदिरा (२ लिटर) – २ थान
२. प्रेम कुमार महत्तो
ठेगाना: सर्लाही, बरथहवा न.पा. वडा नं. १६
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: वियरको खाली बोतल – ४ थान
३. रवि रञ्जन कुमार
ठेगाना: भारत, बिहार, पटना, हाजिपुर
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: Yarchagumba Brand मदिरा (७५० मिलिलिटर) – १ थान
४. सुशिला कुमाल
ठेगाना: नुवाकोट, विदुर न.पा. वडा नं. ६
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: ११ थान हाफ पाइन्ट, १ थान ट्राउजर
५. एलिसा राई
ठेगाना: सुनसरी, धरान
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: १ थान ट्रे, १ थान क्यारेट
६. बालकुमारी कार्की
ठेगाना: कोटेश्वर, काठमाडौं
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: १ थान क्यारेट
७. निर्मला कार्की
ठेगाना: सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न.पा. वडा नं. ८
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: फलफूल
८. चित्र माया बस्नेत
ठेगाना: सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ७, लाम्पन्टार
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: लिपस्टिक (६९ थान), ऐना (१ थान), गाजल (२१ थान), अन्य सामग्री (१२ थान) [सुस्मिता बरालसँगै बरामद]
९. सुस्मिता बराल
ठेगाना: सिन्धुली, तिनपाटन गा.पा. वडा नं. १६
हाल: कोटेश्वर, काठमाडौं
बरामद सामग्री: लिपस्टिक (६९ थान), ऐना (१ थान), गाजल (२१ थान), अन्य सामग्री (१२ थान) [चित्र माया बस्नेतसँगै बरामद]
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।











