ओम डि.सी , कोहलपुर : बडा दशैंको राति करिब १२ः४५ बजेको समयमा बाँकेको ईलाका प्रहरी कार्यलय कोहलपुरमा एउटा फोन आयो। कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बङ्गला चोकको सडक देखी भित्रपट्टि कच्चि बाटोमा टाउको नभएको अवस्थामा रगत बगिरहेको मानिसको शव फेला परेको सुचना उक्त टेलिफोन मार्फत प्रहरीले पायो। सुचना पाए लगतै इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरिक्षक राजकुमार भट्ट र प्रहरी निरिक्षक हरि भट्टराइको संयुक्त टोलि घट्नास्थल तर्फ लाग्यो र अनुसन्धान सुरु गर्यो। लगतै जिल्ला प्रहरी कार्यालय बाँके बाट प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंको कमाण्डमा प्रहरी र सादा पोशाकको टोली पनी घटनास्थल पुग्यो र कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि झिकाइयो ।
Advertisement 1
प्रहरी पुग्दा घटनास्थलमा टाउको नभएको , सेतो खरानी रंगको कट्टु र माथिल्लो शरीर नाङ्गो रगताम्य अवस्थामा घोप्टो परेको शव फेला परेको थियो। खोजतलाश र अनुसन्धान गर्दै जाँदा उक्त टाउको नभएको शव स्थानीय ४० वर्षीय चन्द्र बहादुर कामीको भएको पहिचान खुल्यो , तर टाउको भने घटनास्थलमा थिएन। घटनास्थलको बिस्तृत अनुसन्धान गर्दा करिब दुई सय मिटर नजिकै सरस्वती चोकमा एउटा सिसिटिभी क्यामेरा भेटियो।
सिसिटिभी क्यामेराको फुटेज संकलन गरी हेर्दा, सुनसान रातमा एक पुरुषले लेडिज साइकलमा केही सामान बोकेर हिडिरहेको प्रहरीले फेला पार्यो । ती पुरुषबारे खोजी गर्दैजाँदा, प्रहरी त्यस ठाउँबाट करिब पाँच सय मिटर टाढा रहेको अनिता परियारको घरमा पुग्यो।
अनिता परियारको घरको आगनको छेउमा सिसिटिभी फुटेजमा देखिएको उक्त लेडिज साइकल प्रहरीले फेला पार्यो, र साइकलको छेउमा रहेको ढुङ्गामा रगतको दाग पनि भेटियो। प्रहरीले अनिता परियार लगायतको परिवारसंग सोधपुछ सुरु गर्यो , सिसिटिभी फुटेजमा देखिएको पुरुष उनले आफ्नो दाइ नाता पर्ने बताइन र उक्त पुरुष रोल्पाको माडी गाउपालिका वडा नं. ६ का ३० वर्षीय अनिल परियार रहेको खुल्यो

Advertisement 2
साइकल र रगतको दाग त्यहाँ फेला परेपछि प्रहरीले टाउको पनि यहाँ कतै हुनसक्ने आशंका गर्यो र २७ गते दिनभर त्यही आसपासमा खोजी गर्यो, तर टाउको फेला परेन।

अनिल परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजयादशमीको दिन दिनभरसँगै रहेका अनिल परियार घटनापछि फरार भएका थिए। फरार रहेको आधारमा शङ्का गर्दै अनुसन्धान अगाडि बढाइएको थियो। परियारलाई म्याद थप गरी थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
Advertisement 3
अहिले इप्रका कोहलपुरमा कार्यलय प्रमुखको रूपमा डिएसपी धर्मराज भण्डारी रहेका छन्। भण्डारी आएदेखि कोहलपुरमा शान्ति सुरक्षा कायम रहेको स्थानीयहरूले समेत बताउँछन्। उनी नेपाल प्रहरीकै अब्बल प्रहरी अधिकृतको रूपमा पनि परिचित छन्।










प्रतिक्रिया