Listen LIVE

भारत : भारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

Advertisement 1

 

घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा क्षेत्रको नजिक घटेको हो, जहाँ दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू पनि थिए।

Advertisement 2

 

घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। एसएमएस मेडिकल कलेजका प्रिन्सिपल डा. दीपक महेश्वरीले जानकारी दिदैँ भनेका छन्, ‘लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ। यस घटनामा धेरै घाइते भएका छन्, र यो एक गम्भीर दुर्घटना हो।’

Advertisement 3

 

आगलागीका कारण ट्रक र निजी कारसहित करिब ४० सवारिसाधन जलेर नष्ट भएका छन्। आगो निभाउनमा दमकललाई निकै कठिनाइ परेको थियो।

 

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताएका छन्।

 

महेश्वरीले बीबीसी हिन्दीसँग कुरा गर्दै यस दुर्घटनामा नौ जनाको मृत्यु भएको जानकारी गराए। उनका अनुसार ८ जनाको एसएमएस अस्पतालमा र एक जनाको जयपुरिया अस्पतालमा मृत्यु भएको हो।

 

घटनामा जलेका घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ।

 

स्थानीय समयानुसार शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विस्फोट भएको थियो। प्रारम्भिक जानकारी अनुसार, ट्रकसँग ठोक्किएपछि ट्याङ्कर विस्फोट भएको र ३० भन्दा बढी गाडीमा आगलागी भएको बताइएको छ। यस दुर्घटनामा एउटा बस पनि पूर्णरुपमा जलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!