Listen LIVE

सन्देश भुसाल, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नेपालगन्जमा भव्य प्रदर्शन गरेको छ। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शन रामलिला मैदानबाट सुरु भई नगरका विभिन्न भागमा परिक्रमा गर्दै त्रिभुवन चोकमा कोणसभामा परिणत भएको थियो।

Advertisement 1

राजसंस्थाको पुनःस्थापनाका लागि नेपालगन्जमा मोटरसाइकल र्‍याली आयोजना हुँदै

Advertisement 2

कोणसभामा राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले राजसंस्था देशको स्थायित्व र समृद्धिका लागि अपरिहार्य भएको बताए। उनले गणतन्त्रले मुलुकलाई अपेक्षित दिशा दिन नसकेको र राजसंस्थाको पुनर्स्थापनाले मात्र राष्ट्रिय एकता र विकास सम्भव हुने धारणा राखे।

Advertisement 3

राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले देश र जनताका लागि राजसंस्था आवश्यक रहेको बताउँदै वर्तमान राजनीतिक व्यवस्थाले नागरिकको चाहना पूरा गर्न नसकेको आरोप लगाए। उनले राजसंस्थामार्फत मात्रै स्थिर सरकार र दिगो विकास सम्भव हुने उल्लेख गरे।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्र पक्षधर नेताहरू देश र जनतालाई बिर्सिएर सत्ताको खेलमा मात्र केन्द्रित रहेको आरोप लगाए। उनले “राजा राष्ट्रका अभिभावक हुन्, तर आजका नेताहरू कुर्सीका लागि मात्रै दौडिरहेका छन्” भन्दै राजसंस्थाको पुनःस्थापनाको पक्षमा जनमत जुटाउन आह्वान गरे।

राप्रपाका सह–महामन्त्री दिपक बोहराले अबको आन्दोलन निर्णायक हुने दाबी गर्दै, “निर्मल निवासमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउन हामी कसम खाएर अघि बढ्छौं” भने।

 

शिव सेना नेपालका अध्यक्ष किशोर लामाले यदि जनता सडकमा उत्रिए, भने गणतन्त्रवादी नेताहरू भाग्नुपर्ने अवस्था आउने चेतावनी दिए। राप्रपा बाँके उपाध्यक्ष बिन्दु चर्तीमगरले गणतन्त्रवादी नेताहरू भ्रष्ट भइसकेको आरोप लगाउँदै देशव्यापी आन्दोलनको खाँचो रहेको बताइन्।

 

राप्रपाको यो प्रदर्शन राजसंस्थाको पक्षमा जनमत अभिवृद्धि गर्ने उद्देश्यले गरिएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!