नेपालगञ्ज, बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियपुरमा सृजना बुढा मगरको जलाएर हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्नुभएको छ।
Advertisement 1

सांसद राईले उक्त घटनालाई अत्यन्तै दुःखद र निन्दनीय बताउँदै द्रुत तथा प्रभावकारी अनुसन्धानमार्फत सत्य तथ्य बाहिर ल्याउन र अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको हो। उहाँले यस्ता जघन्य अपराधमा संलग्न जोसुकै भए पनि कुनै किसिमको छुट नदिन स्पष्ट गर्नुभएको छ।
Advertisement 2
राईका तर्फबाट सचिवालय सदस्य राजेन्द्र बिश्वकर्माले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन तथा जिल्लाको सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख छ।
Advertisement 3
साथै, यस्ता अपराधिक घटना भविष्यमा दोहोरिन नदिन समाजका सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। आफ्नो आसपास कुनै शंकास्पद गतिविधि वा अपराधिक योजना भइरहेको आशंका लागेमा तुरुन्तै सम्बन्धित निकाय वा व्यक्तिलाई जानकारी गराउन समेत सबैमा अपिल गरिएको छ।
स्थानीय स्तरमा बढ्दो अपराध नियन्त्रणका लागि नागरिक र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको भन्दै सांसद राईले सामूहिक सतर्कतामार्फत मात्रै समाजलाई सुरक्षित बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ।










प्रतिक्रिया