Listen LIVE

नेपालगन्ज पोष्ट : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा एक युवती आगोले जलेको अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक अनुसन्धानसँगै घटनाको रहस्य क्रमशः खुल्दै गएको छ भने पीडित परिवारले यो घटनालाई निर्ममतापूर्वक गरिएको हत्या भएको दाबी गरेका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार हिजो राति करिब १२ बजेतिर कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै एक युवती जलेको अवस्थामा फेला परेकी थिइन्। गम्भीर घाइते अवस्थामा भेटिएकी उनलाई तत्काल भेरी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement 2

कोरियपुर हत्या प्रकरणमा कडा कारबाहीको माग, सांसद राईद्वारा द्रुत अनुसन्धानको आग्रह

नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, पहिचान खुल्न बाँकी

Advertisement 3

मृतकको पहिचान नेपालगन्ज–१२ कै २२ वर्षीया सिर्जना बुढा मगरको रूपमा खुलेको छ। घटनापछि मृतकका परिवारजन आक्रोशित बनेका छन्। उनीहरूले एक जना मात्रै नभई पूरै परिवार मिलेर सामूहिक रूपमा हत्या गरेको आरोप लगाउँदै आरोपितको घर अगाडि र भेरी प्राविधिक शिक्षालय चोकमा विरोध प्रदर्शन गरिरहेका छन्।

 

परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यद्यपि पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकको पहिले नै विवाह भएको र ३–४ वर्षकी एक छोरी रहेको खुलेको छ। साथै हाल पक्राउ परेका व्यक्तिमध्ये एक जनासँग उनको सम्बन्ध रहेको पनि खुलेको छ। यही विषयलाई लिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

 

हाल मृतकको शव भेरी अस्पतालमै राखिएको छ भने घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!