नेपालगन्ज पोष्ट : बाँके अटोमोबाइल एसोसियसनले बाँके निर्वाचन क्षेत्र नं. २ का विवेक कुमार श्रेष्ठ सँग भेटघाट गर्दै शुभकामना तथा समर्थन व्यक्त गरेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भएको उक्त भेटघाटमा व्यवसायिक वातावरण, कर प्रणाली र पूर्वाधार विकासका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
Advertisement 1
भेटका क्रममा श्रेष्ठले स्थिर नीति, पारदर्शी प्रक्रिया र सहज कर प्रणालीबिना व्यवसाय फस्टाउन नसक्ने धारणा राखे। उनले उद्योगी तथा व्यवसायीलाई अनावश्यक झन्झट र अस्थिर नीतिले प्रभावित पार्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।
Advertisement 2
निर्वाचनमा विजयी भएपछि स्थानीय तहसँग समन्वय गरी सडक पूर्वाधार सुधार, व्यवस्थित ट्राफिक व्यवस्थापन र लगानीमैत्री वातावरण निर्माणमा ठोस पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। विशेषगरी सवारी व्यवसायसँग सम्बन्धित नीतिगत समस्या समाधान र दिगो विकासका योजनामा आफू स्पष्ट रहेको उनको भनाइ थियो।
Advertisement 3
कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन स्पष्ट दृष्टिकोण भएका नेतृत्व आवश्यक रहेको बताएका थिए। युवा सशक्तिकरण र व्यवसाय विकास सँगै अघि बढे मात्र बाँके क्षेत्र नं. २ समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।
चुनावी माहोल तातिँदै जाँदा बाँके २ मा विभिन्न पेशागत समूहसँग उम्मेदवारहरूको भेटघाट र छलफल तीव्र बन्दै गएको छ।









प्रतिक्रिया