Listen LIVE

नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिका ले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय सञ्चालन सम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी सूचनामा वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना सुरु गरी वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

Advertisement 1

नगर प्रमुखको उपस्थितिमा बसेको बैठकमा प्रधानाध्यापक, शिक्षक महासंघ, प्याब्सन र एनप्याब्सन लगायत सरोकारवालाहरूको सहभागितामा उक्त निर्णय गरिएको हो। सोही निर्णयअनुसार सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई निर्धारित समयमै भर्ना र कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ।

Advertisement 2

 

सूचना अनुसार संस्थागत विद्यालयहरूले नेपाल सरकारको पाठ्यक्रम अनुसार तयार भएका पाठ्यपुस्तक कम्तीमा तीन वर्षसम्म निरन्तर रूपमा लागू गर्नुपर्नेछ। यसले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तनका कारण अभिभावकमाथि पर्ने आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ।

Advertisement 3

 

त्यसैगरी, सबै संस्थागत विद्यालयहरूले उप–महानगरपालिकाले निर्धारण गरेको मापदण्डभित्र रहेर मात्र विद्यार्थी शुल्क लिनुपर्ने स्पष्ट निर्देशन दिइएको छ। शुल्कमा मनपरी रोक्न र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन यो कदम प्रभावकारी हुने विश्वास गरिएको छ।

 

उप–महानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै अभिभावक तथा विद्यार्थीलाई समेत तोकिएको समयअनुसार तयारी गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!