Listen LIVE

सन्देश भुसाल,नेपालगन्ज, फागुन १८ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रवादी समूह तथा समर्थक दलहरूले नेपालगन्जमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएका छन्। फागुन १९ गते नेपालगन्जको रामलिला मैदानबाट दिनको १२ बजे सुरु हुने उक्त र्‍यालीले नेपालगन्जको प्रमुख स्थानहरू परिक्रमा गर्नेछ।

Advertisement 1

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा को नेतृत्वमा देशभर राजसंस्थाको पुनःस्थापना, सनातन सापेक्ष हिन्दू अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार उन्मूलन को मागसहित मोटरसाइकल र्‍याली सञ्चालन भइरहेको छ। यसै क्रममा नेपालगन्जमा पनि व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गरिने आयोजकहरूले जनाएका छन्।

Advertisement 2

 

र्‍यालीमा केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणा, राष्ट्रवादी समूह, राजसंस्था समर्थक दल, धार्मिक संघसंस्था, प्रदेश विरोधी समूह तथा भ्रष्टाचार उन्मूलनको पक्षमा रहेका व्यक्तिहरूको सक्रिय सहभागिता रहने बताइएको छ।

Advertisement 3

 

राप्रपाले देशभर राजसंस्थाको पक्षमा जनमत निर्माण गर्न सातै प्रदेशमा अभियान सञ्चालन गरिरहेको छ। यसअन्तर्गत फागुन १३ गते धनगढी,फागुन १७ गते बुटवलमा भव्य आमसभा सम्पन्न भइसकेको छ। त्यसैगरी फागुन २१ गते काठमाडौं, फागुन २४ गते वीरगन्ज, फागुन २६ गते सुर्खेतमा पनि मोटरसाइकल र्‍याली आयोजना गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!