Listen LIVE

काठमाण्डाै – दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन् । न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । न्युजिल्यान्डकी अमिला केरले ४३ रन बनाइन् । दक्षिण अफ्रिकाकी नोन्कुलुलेको म्लाबाले २ विकेट लिइन् । प्रतियोगिताभरि १ सय ३५ रन बनाउँदै १५ विकेट लिएकी अमिला केर उत्कृष्ट खेलाडी बनिन् ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे । यस्तै इङ्गल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे । दक्षिण अफ्रिका फेरि पनि उपविजेता बनेकाे छ । दक्षिण अफ्रिका सन् २०२३ मा पनि उपविजेता बनेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!