Listen LIVE

गुलरिया, बर्दिया :  जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छलि गरी नेपाल भित्र्याइएका विभिन्न अवैध सामान बरामद गरेको जनाएको छ। पछिल्लो समय नेपाल सरकारले भन्सार प्रणाली कडाइ गरेसँगै सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएको छ।

Advertisement 1

 

प्रहरीका अनुसार विभिन्न मितिमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ अन्तर्गतका क्षेत्रबाट अवैध सामान फेला पारिएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार नाकाबाट छलि गरी ल्याइएका सामग्री नियन्त्रणमा लिएको हो।

Advertisement 2

पहिलो घटनामा करिब १ हजार प्याकेट खुर्सानी चुरोट, सुपर पावर सुर्ती लगायतका सामग्री बरामद गरिएको छ। ती सामानको अनुमानित बजार मूल्य करिब १ लाख ८८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Advertisement 3

त्यस्तै, अर्को कारबाहीमा प्लास्टिकको थैलामा राखेर लुकाइछिपाइ ल्याइएको पेय पदार्थ (ड्यु) समेत नियन्त्रणमा लिइएको छ। उक्त सामानको मूल्य करिब ४२ हजार ९ सय ५० रुपैयाँ बराबर रहेको छ।

यस्तै, तेस्रो घटनामा भारततर्फबाट ल्याई बेवारिसे अवस्थामा राखिएको केरा बरामद गरिएको छ, जसको मूल्य करिब १२ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ।

 

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, बर्दियामा पठाइएको प्रहरीले जनाएको छ।

 

नेपाल सरकारले पछिल्लो समय सीमाबाट ल्याइने सामानमा कडाइ गर्दै तोकिएको सीमा भन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेको छ। व्यक्तिगत प्रयोगका नाममा ठूलो परिमाणमा सामान ल्याउने प्रवृत्ति नियन्त्रण गर्न यस्तो नीति ल्याइएको हो।

 

यस नियमपछि सीमावर्ती क्षेत्रहरूमा अवैध कारोबार घटाउने लक्ष्य राखिएको भए पनि कतिपय स्थानमा अझै पनि चोरी पैठारी हुने प्रयास जारी रहेको देखिन्छ। सुरक्षा निकायले भने यस्ता गतिविधिमाथि निगरानी अझ कडा बनाउने जनाएको छ।

 

स्थानीय व्यापारीहरूका अनुसार भन्सार कडाइले वैधानिक व्यापारलाई केही सहज बनाएको भए पनि अवैध रूपमा सामान भित्र्याउने प्रयास अझै रोकिएको छैन। त्यसैले प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमन आवश्यक रहेको उनीहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!