नेपालगञ्ज पोष्ट : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठक जेनजी आन्दोलनबारे महत्वपूर्ण निष्कर्षसहित सकिएको छ। बैठकले आन्दोलनलाई कसैले योजनाबद्ध रूपमा भड्काएको र घुसपैठका कारण ठूलो जनहानि भएको निष्कर्ष निकालेको हो।
Advertisement 1
जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
Advertisement 2
यस घटनापछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
Advertisement 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया