Listen LIVE

नेपालगन्ज : बाँकेको नेपालगन्जमा गएराति आगोले जलेको अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै गएराति करिब १२ बजेको समयमा ती युवती गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

Advertisement 2

 

स्थानीयले युवती जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले अन्दाजी २५ देखि ३० वर्ष उमेरकी युवतीलाई तत्काल उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्‍याएको थियो।

Advertisement 3

 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) दीपक पातलीका अनुसार “गम्भीर रूपमा जलेकी युवतीलाई अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको छ। उहाँको शरीरको अधिकांश भाग जलेको अवस्थामा फेला परेको थियो।”

 

हालसम्म मृतक युवतीको नाम र ठेगाना खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। मृतकको शव अहिले भेरी अस्पतालको शवगृहमा राखिएको छ। युवतीले आत्मदाह गरेकी हुन् वा कसैले आगो लगाएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।

 

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मध्यरातमा भएको यस रहस्यमय घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!