लुम्बिनी, वैशाख शुक्ल पूर्णिमा – प्रधानमन्त्री केपी शर्मा ओली आज २५६९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी पुगेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी आगमनमा प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्।
Advertisement 1
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले विशेष कार्यक्रम आयोजना गरेको छ। सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन्।
Advertisement 2
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
Advertisement 3
बुद्ध जयन्ती र लुम्बिनी दिवसलाई विशेष बनाउन लुम्बिनी क्षेत्रलाई आकर्षक र झकिझकाउ बनाइएको छ। लुम्बिनी विकास कोषले कार्यक्रमलाई सफल बनाउन सुरक्षा, साजसज्जा र व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ।
शान्ति, सद्भाव र बुद्धको शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो भव्य कार्यक्रममा देश–विदेशका अतिथिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।










प्रतिक्रिया