Listen LIVE

बाँके : कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ ।

शनिबार राति कोहलपुर नगरपालिका– ८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको थियो । टाउको नभएको अवस्थामा फेला परेको शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीका अनुसार टाउको बिनाको शव स्थानीय करिब ३५/४० वर्षीय चन्द्रबहादुर कामीको रहेको सनाखत भएको हो । शवको सनाखत चन्द्रबहादुरका बुबाले गरेका थिए । घरदेखि करिब पाँच सय मिटर टाढा चन्द्रबहादुरको हत्या भएको अवस्थामा शनिबार राति नै शव फेला परेको थियो ।

शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैका प्रहरीका चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चन्द्रबहादुरको टाउको अझै नभेटिएको छैन । घटना १२ बजेअघि नै भइसकेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टपार्टम्का लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ ।

घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले झोलामा हत्या गरिएका चन्द्रबहादुरको टाउको रहेको हुनसक्ने अनुमान गरेका छन् ।

राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । हत्या गरिएका चन्द्रबहादुरको टाउकोको खोजी र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घटनास्थल क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

Advertisement 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!