रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

नेपालगन्ज । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने नै मुछिएको मुद्दा कास्की अदालतमा पुगेको छ ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत आइतबार सहकारी ठगी प्रकरणमा जोडिएका ४४ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो ।

सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान थालिए पनि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगीका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी)राईसहितका आरोपितमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता भयो ।

सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परिसकेको छ । प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्योबाहेक सम्पत्ति शुद्धीकरणको छुट्टै बिगो कायम छ । जीबी राईले पोखरासहित चितवन, बुटवल, काठमाडौं र पर्सामा सञ्चालन गरेको सहकारीमार्फत अर्बौं रुपैयाँ ठगी गरेकोबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

पोखराबाहेक अन्य जिल्लाका प्रहरीलेसमेत अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेका छन् । यद्यपि, सहकारीका आरोपित जीबी राई अझै फरार छन् । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले रेड नोटिस नै जारी गरेको छ ।

उनको पासपोर्ट रद्दबारे प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ । तर, जीबीकै बराबरीमा सहकारी ठगी गरेका अर्का आरोपित ललितपुरका भरत महर्जनको हकमा भने ठगी मुद्दामात्रै दर्ता भएको छ ।

महर्जन अध्यक्ष रहेको ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट सहकारीले करिब ३५ हजार बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना देखिएको थियो । तर, प्रहरीले बचतकर्ताबाहेक सञ्चालक समितिले नै महर्जनविरुद्ध उजुरी दिएका कारण प्रहरीले महर्जनबारे मात्रै अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पुस २ मा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महर्जनले तीन अर्ब ९३ करोड ४३ लाख रुपैयाँ अपचनल गरेको तथ्य खुलाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

महर्जनले आठ निजी कम्पनी र तीन व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर रकम अपचलन गरेको खुलेको हो । सहकारी डुबेपछि भागेर बेलायत पुगेका महर्जनलाई फिर्ता ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ ०८० मा रेड नोटिस जारी गरेको थियो । तर, उनलाई फिर्ता ल्याउन सकेको छैन ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले सञ्चालक समितिबाट मात्रै उजुरी आएको र बचतकर्ताले उजुरी नदिएपछि उनलाई मात्रै ठगी मुद्दामा अनुसन्धान भएको बताए ।

मर्हजन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । आश्चर्य त उही प्रकृतिको जीबी, रवि र छविमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान गरेको प्रहरीले महर्जनविरुद्ध भने ठगीमा मात्रै अनुसन्धान गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयलेसमेत महर्जनविरुद्ध ठगी मुद्दामात्रै दर्ता गरेको छ ।

जसकारण महर्जनले तुलनात्मकरूपमा कानुनीरूपमा सहुलियत पाएका छन् । प्रहरीका अनुसार, महर्जनको सपरिवार नै एक वर्ष अघिदेखि नै लन्डन गइसकेको छ ।क तीन घण्टा ढिलो गरी सुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा ११ बजेका लागि आह्वान गरिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको उपमहासचिव विष्णु रिमालले बताए। ओलीको व्यस्तताले बैठक सञ्चालनमा ढिलाइ भएको बताइएको छ।

बैठकले समसमायिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्नेछ

error: Content is protected !!