Listen LIVE

बाँके, माघ १४ : पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी रूपमा एचपीभी (एचपीभी) खोप अभियान सञ्चालन गर्न बाँके जिल्लाको खजुरा गाउँपालिकाले आवश्यक तयारी गरेको छ।

Advertisement 1

 

सरकारको राष्ट्रिय अभियानअनुसार माघ २२ गतेदेखि देशभर खोप लगाउने कार्य प्रारम्भ हुँदैछ। सोही अभियानअनुसार खजुरा गाउँपालिकाले माघ २२ देखि फागुन १ गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभयो।

Advertisement 2

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले क्यान्सर जस्तो प्राणघातक रोगविरुद्धको खोप सबैले अनिवार्य लगाउनुपर्नेमा जोड दिँदै, कोही पनि खोपबाट वञ्चित नहोस् भन्नका लागि अपिल गर्नुभयो। उहाँका अनुसार खजुरा गाउँपालिकाभर ५ हजार ८७२ जना बालबालिका तथा किशोरीहरूलाई सो खोप लगाइनेछ।

Advertisement 3

अछाममा १३ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान

शाखा प्रमुख केसीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालबालिका तथा किशोरीहरूलाई खोप लगाइनेछ।

 

अभियानको तयारीका लागि खजुरा गाउँपालिका खोप समन्वयन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो। साथै, पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गोष्ठीसमेत सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!