Listen LIVE

अछाम : अछाममा १३ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ देखि १० कक्षासम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ८७२ किशोरीलाई खोप लगाउने तयारी गरिएको छ।

Advertisement 1

 

साँफेबगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र जोशीले माघ २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए।

Advertisement 2

खजुरामा एचपीभी खोप अभियानको तयारी तीव्र

अभियान अन्तर्गत अछामका दश पालिकाका किशोरीहरुलाई खोप लगाइनेछ। सबैभन्दा धेरै पञ्चदेवल विनायक नगरपालिकाका १ हजार ६५७ किशोरी र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाका ८२७ किशोरीलाई खोप लगाइनेछ। अन्य पालिकाहरुमा मेल्लेख गाउँपालिकामा १ हजार ६२२, रामारोशनमा १ हजार ५६६, मंगलसेनमा १ हजार ५२१, साँफेबगर नगरपालिकामा १ हजार ५०२, तुर्माखाँद गाउँपालिकामा १ हजार ४२५, कमलबजारमा १ हजार ४१४, ढकारी गाउँपालिकामा १ हजार १८२ र चौरपाटी गाउँपालिकामा १ हजार १५६ किशोरीलाई खोप लगाइनेछ।

Advertisement 3

 

स्वास्थ्य कार्यालयका अनुसार विद्यालयमा अध्ययनरत १३ हजार ६११ र विद्यालय बाहिर रहेका २६१ किशोरीलाई खोप दिइनेछ। खोप लगाउन जिल्लाभर १६१ खोप केन्द्र र ९४ अन्य ठाउँ तोकिएको छ।

 

साँफेबगर नगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिवबहादुर कुँवर, वडाअध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!