Listen LIVE

४ माघ, तुलसीपुर (दाङ) :  तुलसीपुर उपमहानगरपालिका-१३ निवासी १७ वर्षीया रश्मी खत्रीमाथि अपहरण गरी कुटपिट गरिएको छ।

Advertisement 1

 

पीडित खत्रीका अनुसार बिहीबार ५-६ जनाको समूहले कुटपिट गरेको थियो। तुलसीपुर-७ प्रसेनी निवासी सानु नामकी युवतीले उनलाई बजारमा बोलाएर घटना घटाएको बताइएको छ।

Advertisement 2

 

सानुसँगै रितु मगर (तुलसीपुर-१८ विजौरी), सुमी क्षेत्री (विजौरी), र दिपा मगर (तुलसीपुर-५ बसपार्क) समेतको समूहले खत्रीमाथि योजनाबद्ध रूपमा आक्रमण गरेका थिए।

Advertisement 3

दिउँसो २ बजे तुलसीपुरको ‘ग’ लाइनमा सानु र अन्य तीन युवतीले खत्रीलाई भेट्न बोलाए। त्यसपछि उनीहरूले अचानक कुटपिट सुरु गरे। कुटपिटपछि खत्रीलाई अटो रिक्सामा राखेर बसपार्कस्थित दिपाको घरमा, त्यसपछि विजौरीस्थित रितु र सुमीको घरमा लगेर समेत कुटपिट गरिएको थियो।

 

पीडित खत्रीका अनुसार ४ घण्टासम्म लगातार कुटपिट गर्दै उनीहरूबाट “मारिदिन्छौँ” भन्दै धम्कीसमेत दिइयो। यस क्रममा खत्रीका छाती, स्तन, गुप्ताङ्गलगायतका संवेदनशील स्थानमा गम्भीर चोट लागेको छ।

 

साँझ पौने ७ बजेतिर कुटपिट गर्ने समूहले खत्रीका बुवा विष्णु खत्रीलाई फोन गरेर छोरी आफूहरूसँग रहेको जानकारी दिए। फोन ट्रेस गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले खत्रीलाई विजौरीबाट उद्दार गर्यो। स्वास्थ्य जाँचपछि खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको पुष्टि भयो।

 

प्रहरीका अनुसार फेसबुक आईडी ह्याक गरेको आरोपमा खत्रीमाथि कुटपिट भएको हो। पीडित पक्षले दोषीहरूविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेका छन्।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धान अघि बढाउने जानकारी दिएका छन्। उनले भने, “हामीले पीडितको उद्दार गरिसकेका छौं। अब कुटपिट गर्नेहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।”

 

पीडित परिवारले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!