Listen LIVE

रमेश पौडेल पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ ।

Advertisement 1

उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर-१३, हाटबजारका रेस्टुरेन्ट व्यवसायी महमुदिन एम अहमद, झापा दमक नगरपालिका-४, घर भई हाल पोखरा६, बैदाम बस्ने हिलारी मनिचेन्जरका सञ्चालक राजकुमार बुढाथोकी र पोखरा-१९, पुरनचौरका सगरमाथा मनिचेन्जरका सञ्चालक खेमराज पौडेल रहेका छन् ।

उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि सङ्गठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिनुभयो ।  

Advertisement 2

राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनिएक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । सबै जनालाई राष्ट्र बैँक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैँकबाट इजाजत पत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक ओलियाले बताउनुभयो । 

नेपाल राष्ट्र बैँकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार मनिचेन्जर विदेश जाने नागरिकलाई दुई सय डलरसम्म बिक्री गर्न सक्छ । त्यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका दुई वटा मनिचेन्जर रहेका छन् । अन्य मनिचेन्जरले भन्सार प्रमाणित नभएकोमा ५ हजार र भन्सार प्रमाणित भएकोमा जति पनि विदेशी मुद्रा खरिद गर्न पाउँछन् । उनीहरूले सो वापतको कमिसन लिएर सटाई सुविधा दिएका हुन्छन् । मनिचेन्जरले त्यसरी खरिद गरेको विदेशी मुद्रा दुई दिन भित्र नेपाल राष्ट्र बैँकमा अनिवार्य दाखिला गर्नुपर्ने हुन्छ ।

Advertisement 3

प्रहरीले सोही कानुनको बर्खिलाप गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले यसरी सटही भएका विदेशी मुद्राहरू भारत हुँदै अन्य विदेशी मूलकमा जाने गरेको आशङ्का गरेको छ । प्रहरीका अनुसार यसले अवैध सुनदेखि अन्य वस्तुहरू खरिद गर्ने र राज्यलाई ठुलो नोक्सानी पुर्‍याउने अनुमान छ ।यस्तो अवैध विदेशी मुद्राको कारोबार गर्नेलाई बिगो जफत गरी सो बराबरको तिन गुणा जरिवानाका साथ ७ वर्ष जेल सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!