Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाइको माग गर्दै उनका समर्थकहरूले नेपालगन्जमा प्रदर्शन गरेका छन्। राजा तथा हिन्दु राष्ट्र समर्थकहरूले गठन गरेको जिल्लास्तरीय आन्दोलन परिचालन समितिको अगुवाइमा प्रदर्शन गरिएको हो।

Advertisement 1

 

नेपालगन्जको सुर्खेतरोडमा सुरु भएको प्रदर्शन नाराबाजीसहित धम्बोझीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले धम्बोझीचोकमा टायर बालेर केहीबेर सडक अवरुद्ध समेत गरेका थिए।

Advertisement 2

 

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरूलाई बिना शर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी दिए। कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायतले पनि सम्बोधन गरेका थिए ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!