बहुउद्देश्यीय सभा हलबारे फैलिएका भ्रमको खण्डन: खजुरा गाउँपालिकाको स्पष्टीकरण

नेपालगञ्ज : बाँकेको खजुरामा बहुउद्देश्यीय सभा हलको नामकरणमा उठिरहेका विवादहरूलाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाले स्पष्टिकरण जारी गरेको छ। पालिकाले सभा हलको नाम परिवर्तनको विषयमा भ्रम फैलाइएको भन्दै तथ्यसहित विवरण सार्वजनिक गरेको छ।

 

गाउँपालिकाले २०७६ बैशाख १७ गते ठेक्का आह्वान गर्दा ‘बहुउद्देश्यीय सभा हल’ भनेर नै उल्लेख गरेको प्रमाण प्रस्तुत गरिएको छ।

 

ठेक्का सम्झौताको क्रममा २०७६ बैशाख २४ गते जारी सूचनामा पनि सभा हललाई ‘बहुउद्देश्यीय सभा हल’ भनेरै उल्लेख गरिएको छ।

खजुरामा सभागृह नामकरण विवाद: मनोमानी र दादागिरीको आरोप

२०७७ असार २५ गते सम्पन्न सातौं गाउँ सभाले सभा हल निर्माणका लागि थप बजेट सुनिश्चित गर्ने क्रममा बजेटको क्रम संख्या २५ मा ‘बहुउद्देश्यीय सभा हल निर्माण’ भनी स्पष्ट रूपमा बजेट विनियोजन गरेको प्रमाण रहेको गाउँपालिकाले जनाएको छ।

निर्माण कार्यका लागि पटक–पटक म्याद थप गर्ने क्रममा पनि सभा हललाई ‘बहुउद्देश्यीय सभा हल’ को नामबाटै सम्बोधन गरिएको पालिकाले दाबी गरेको छ।

 

पालिकाले कानुनबमोजिम र राज्यको प्रचलित ऐन–कानुनका आधारमा कार्य गरेको दाबी गर्दै जिम्मेवार निकायहरूले प्रतिक्रिया दिने क्रममा तथ्यलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेको छ। “हामीले राज्यका कानुनअनुसार काम गरेका छौँ। सबै प्रक्रिया विधिसम्मत रूपमा अगाडि बढाइएको छ,” गाउँपालिकाको भनाइ छ।

 

पालिकाले कुनै भ्रमपूर्ण र आधारहीन जानकारी नफैलाउन आग्रह गर्दै सार्वजनिक सम्पत्तिको नामकरणलगायत विषयमा तथ्य र प्रमाणका आधारमा मात्र प्रतिक्रिया दिन सबै पक्षलाई अपिल गरेको छ।

error: Content is protected !!